काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि निर्मल निवासमा प्रतीक्षा गर्नेहरूको संख्या बढ्न थालेको छ।
पोखराबाट काठमाडौँ अवतरण गरेका पूर्वराजा भर्खरै निर्मल निवासतर्फ प्रस्थान गरेका हुन्।
समिट एयरको चार्टर विमानबाट काठमाडौँका अवतरण गरेका पूर्वराजा समर्थकहरुको स्वागत ग्रहण गर्दै निर्मल निवासतर्फ प्रस्थान गरेका थिए।
पूर्वराजा काठमाडौँ विमानस्थलमा अवतरण गर्दा विमानस्थलबाहिर समर्थकको भिड लागेको थियो।




*पुन: सम्पादन गरिएको


