२०८३ कार्तिक १७ गते सोमबार

एक लाख भारुमा वडाध्यक्षले भारतीयलाई दिलाए नागरिकता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २७
cit

काठमाडौँ- सिरहाका एक वडाध्यक्षले भारतीयलाई नागरिकता दिएको खुलेको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद एवं सोही स्थानीय तहका राजकिशोर यादवले मंगलबार प्रतिनिधिसभा बैठकमा यस्तो विषय उठाएपछि यो विषय सार्वजनिक भएको हो।

सिरहाको नरहा गाउँपालिका–३ का वडाअध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारत बिहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले नागरिकता प्राप्त थिए।

उनले वडाबाट सिफारिस लिएर २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता प्राप्त गरेका थिए। नागरिकताका लागि नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई बुबाआमा देखाएर वडाध्यक्ष अन्सारीले सनाखत गर्न लगाएका विभिन्न उजुरीमा उल्लेख छ

वडाध्यक्ष अन्सारीको सिफारिसमा मोस्ताक मियाँले नागरिकता लिएको भन्दै नरहा–३ के इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग आयोगसम्म उजुरी गरेका छन्। तर हालसम्म यसबारे कुनै प्रक्रिया बढाइएको छैन।

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्षसमेत रहेका सांसद यादवले आजनको संसद्मा नागरिकता खरिद–बिक्री गर्ने काम सत्ता पक्षबाट भएको आरोप लगाए। वडाअध्यक्ष अन्सारी एमालेका हुन्। सांसद यादवले वडाअध्यक्ष सत्ताधारी दलका भएका कारण उनीमाथि कारबाही नभएको दाबी गरे। गलत सिफारिस गरेको भन्दै वडाअध्यक्ष अन्सारीलाई कारवाही गर्नुपर्ने उनले माग गरे।

स्थानीय इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारीले मोस्ताक मियाँलाई बोलाएर सोधपुछ गरेर छाडेका थिए। तर हालसम्म अन्य कारबाही नभएको इनुसले बताएका छन्।

‘मुस्ताक भारतीय हुनुहुन्छ भनी म पहिल्यैदेखि चिन्थेँ, सीडीओ कार्यालयबाट नागरिकता बनाएर निस्किँदा नै मलाई शंका लागेको थियो,’ इनुसले भने, ‘अनि मलाई उहाँले नै वडाअध्यक्षलाई एक लाख भारु दिएर नागरिकता सिफारिस गर्दिएको बताउनुभयो।’

त्यसको भोलिपल्ट आफूले सीडीओ कार्यालयमा उजुरी दिएको र त्यहाँबाट कुनै सुनुवाइ नभएपछि अख्तियारमा उजुरी दिएको उनले बताए। इनुसले गृह मन्त्रालयमा पनि उजुरी दिएको तर हालसम्म कतैबाट कुनै सुनुवाइ नभएको गुनासो गरे।

सिरहाका सीडीओ वासुदेव दाहालले वडाध्यक्ष अन्सारी, नागरिकता बनाउने, सनाखत बस्नेहरूसँग बयान लिएको र त्यसमा थप अनुसन्धान भइरहेको बताए।

वडाध्यक्ष अन्सारीले पनि आफूले बयान दिइसकेको बताएका छन्। उनले भने, ‘मबाट भुलले फाइलमा हस्ताक्षर भएको हो, त्यो कुरा मैले स्वीकार गर्दै सीडीओ कार्यालयमा नागरिकता खारेजका लागि पत्र पनि पठाइसकेको छु, नागरिकता पनि जफत भइसकेको छ।’

नागरिकताका थुप्रै फाइल टेबलमा रहँदा गल्ती भएको उनको भनाइ थियो। ‘पालिकाको कार्यक्रमको समय थियो, सिफारिसका लागि फाइल आएपछि केही नहेरी हस्ताक्षर गरिदिएँ,’ उनले भने, ‘विपक्षीहरूले आफूलाई यसमा जबर्जस्ती फसाउन खोजे।’

अख्तियारसँग पनि आफूले यही बयान दिएको र उनले सुनाए। साथै उनले घुस मागेको आरोपमा प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको पनि बताए। उक्त घटनालाई बारम्बार आफूबाट भुल भएको बताएका उनले अनावश्यक उचाल्ने काम भइरहेको दाबी गरे।

तर, आमाबुबा बनेका अमानत मियाँ र रजिना खातुनले भने आफूले मोस्ताकलाई नचिनेको बताएका। अमानतले भने, ‘मोस्ताक को हुन् हामी चिन्दैनौँ, वडा कार्यालयमा आफ्नो कामका लागि गएको वेला अध्यक्षज्युले यसमा हस्ताक्षर गर्दिनु भन्नुभयो, मैले केही खोजखबर नगरी हस्ताक्षर गरेँ। पछि थाह पाएँ, नागरिकता बनाएको रहेछ।’

प्रकाशित: २०८१ फाल्गुण २७ गते मङ्गलबार ०७:३७
प्रतिक्रिया

थप समाचार

गाउँमै सम्भव छ: झाडी फाँडेर गरेको उद्यम, बदलिएको भुवाने

तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए। व्यवसाय प्रभावित भएपछि  २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको...

कतार र मलेसियामा पसिना बगाएर फर्किए, लक्ष्मीमार्गको पहिचान नै बनाए ‘सकुटी बजार’

कतारमा ६ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठले देशमै सुकुटी व्यवसाय सुरु गरे। सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट...

जालपादेवी केबलकारले कोरिँदैछ सुदुरपश्चिमको समृद्ध आधार

सुदूरपश्चिम। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ। नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा...

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशत सुधार

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन्। गत वर्षको...

जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेट आउछः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन्। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना