२०८३ कार्तिक १२ गते बुधबार

अघिल्लो भारत भ्रमणमा खिन्न थिइन् मन्त्री राणा, यसपालि उत्साहित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २९
arju

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीवार अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन्। भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा दर्शन तथा पूजाआजापछि उनी नयाँदिल्ली पुगेकी हुन्।

मन्त्री डा राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले स्वागत गरेका थिए।

मन्त्री डा राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ)द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछन्।

मन्त्री डा राणाले यही मार्च १७ मा उद्घाटन हुने कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ? नामक फरक-फरक सत्रमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उनले यसैअन्तर्गत ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’लाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

यस कार्यक्रमका दौरानमा मन्त्री डा राणाले भारतका विदेशमन्त्री डा एस जयशङ्कर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरुसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। सो राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरुको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ।

यसअघि पनि दिल्ली पुगेकी मन्त्री राणा भारतका कुनै पनि राजनीतिक नेतृत्वलाई नभेटी स्वदेश फर्किएकी थिइन्। युरोपपछि नयाँदिल्ली पुगेकी उनी पुस ७ गते काठमाडौँ ओर्लँदा कुनै पनि राजनीतिक नेतृत्वलाई भेट्न नपाएकोमा खिन्न थिइन्।

राजनीतिक भेटघाट गर्ने दाउ राखेकी उनले आफैँले ‘राखी बाँधेर बनाएका भाइसमेत मानेका भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग इन्चार्ज डा. विजय चौथाईवालेले समेत भेट नदिएपछि राणा खिन्न थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमण गराउन परराष्ट्र मन्त्रालयले सुरुदेखि नै पहलकदमी गरिरहेको छ। तर नेपालका प्रधानमन्त्रीलाई हालसम्म पनि भारतले निमन्त्रणा नदिँदा भारतसँगको सम्बन्धमा नेपालका प्रधानमन्त्रीको सम्बन्धमा दरार छ। यसकै लागि आरजूले आफ्नोतर्फबाट सबै प्रयास गर्दा पनि असफल बन्दै आएकी छन्।

राणालाई त्यसबेला भारतका सबैजसो नेताहरूले समय दिएका थिएनन्। त्यसबेला उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै भेट्न चाहेकी थिइन्। तर उनका सुरक्षा सल्लाहकार अजित डोभालले समेत समय दिएनन्। भारतीय समकक्षी डा. एस जयशंकर, गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंहलगायतले पनि समय नदिएपछि उनी खिन्न थिइन्। तर यसपालि उनले भारतीय समकक्षी भेट्न पाउने भएकी हुन्। समकक्षी भेट्न पाउने भएपछि यसपालि उनमा उत्साह छ।

प्रधानमन्त्री ओलीले भारत भ्रमण नगरी चीन पुगेर बेल्ट एन्ड रोड इनिसिइटिभ्स (बीआरआई) मा फ्रेमवर्कमा हस्ताक्षर गरिएकोमा भारत खुसी नदेखिएको टिप्पणी भइरहेको छ। यस्तो अवस्थामा भारतीय समकक्षीले समय दिनुले दुई पक्षीय सम्बन्धमा सकारात्मक नतिजा निस्कन सक्ने विश्वास गरिएको छ।

प्रधानमन्त्री तहको सम्मान पनि
यसअघि भदौमा स्वास्थ्य परीक्षणका लागि भन्दै भारत गएकी मन्त्री राणाले पछि औपचारिक भ्रमणमा बदलेकी थिइन्। त्यसबेला उनले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी थिइन्। उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्त्व दिल्लीले दिएको विश्लेषण दुवै देशका मिडियामा भएको थियो।

परराष्ट्रमन्त्री राणाले भदौ ६ गते समकक्षी डा. एस जयशंकरसँग द्विपक्षीय वार्ता र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन्। मोदीले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि विदेशमन्त्री र नेपालका लागि राजदूतसमेत राखेको भेटवार्तामा परराष्ट्रमन्त्री राणासँग दुई सहसचिव र एक उपसचिवस्तरका अधिकारी मात्रै सहभागी भए।

भेटका लागि नेपाली पक्षको तयारी नपुगेको कूटनीतिक मामलाका जानकारहरूले टिप्पणी गरेका थिए। भारतीय विदेशसचिवले निमन्त्रणा दिएको एक सातामै उनी दिल्ली भ्रमणमा पुगेकी थिइन्। नेपालबाट भारत गएका परराष्ट्रमन्त्रीलाई भारतले विरलै मात्र त्यस्तो प्रकृतिको सम्मान दिने गरेको कूटनीतिज्ञहरूको भनाइ थियो।

प्रकाशित: २०८१ फाल्गुण २९ गते बिहिबार ०७:२३
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना