काठमाडौँ- नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसंघले भेटेर बधाई दिएको छ। अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शितल निवासमा पुगेर बधाई ज्ञापन गरेको हो। सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिदै मुलुकको अर्थतन्त्रको चुनौतिपुर्ण अवस्थामा रहेको बताएका थिए।
उनले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितीबाट गुज्रिरहेको भन्दै अर्थतन्त्र सुधारका लागि मागमा बृद्धि गर्नुपर्ने, ब्याजदर घट्नुपर्ने बताए। उनले परिसघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणा राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए।
परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताएका थिए।
राष्ट्रपति पौडेललाई परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्यहरु शिवरतन शारडा, बालकृष्ण श्रेष्ठ, परिसंघका महानिर्देशक दिपकराज जोशी लगायतले बधाई तथा शुभकामना दिएका थिए।


