२०८३ साउन १३ गते बुधबार

दाङ बारमा प्राडा मिश्र समूहको अन्तर्क्रिया

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ५
parichaya

दाङ- नेपाल बार एशोसिएशनको निर्वाचनका लागि खडा भएको प्राडा विजय प्रसाद मिश्र नेतृत्वको समूहले जिल्ला बार इकाई, दाङमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आसन्न निर्वाचनलाई लक्षित गरी मेचीकाली यात्रामा निस्किएको प्राडा मिश्र समूहले दाङ बारका सदस्यहरूसँग गरेको अन्तर्क्रिया कार्यक्रममा कानुनी क्षेत्रमा देखिएको चुनौती, नयाँ अधिवक्ताहरूको पेशागत स्थायित्व, न्यायालय सुधार तथा बार एसोसिएसनको भूमिका जस्ता विषयमा गहन छलफल भएको थियो।

कार्यक्रमको औपचारिक सुरुवात गर्दै जिल्ला बार इकाई दाङका उपाध्यक्ष निमानन्द आचार्यले स्वागत मन्तव्य राख्दै नेपालको कानुनी व्यवस्था सुधार्न कानुन व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो। ‘न्यायालयमा देखिएका विसंगतिहरू, कानुनी पेशामा आएका नयाँ अधिवक्ताहरूको भविष्य सुनिश्चित गर्ने सवाल, बारको संस्थागत सुदृढीकरणका विषयहरूलाई यो समूहले विशेष प्राथमिकता दिन सकोस्,’ उनले भने, ‘न्यायिक सुधार र कानुनी व्यवसायको गरिमा जोगाउने विषयमा हामी सबै एकजुट हुनुपर्छ।’

कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल बार एसोसिएसनको वर्तमान अवस्था, न्यायपरिषद्मा सिफारिस प्रक्रियामा देखिएका कमजोरी, न्यायालयमा बढ्दो विसंगति तथा कानुनी व्यवसायीहरूको पेशागत स्थायित्व जस्ता विषयमा ध्यान दिनुपर्नेमा जोड दिए।

जिल्ला बारमा भएको कार्यक्रमका वक्ताहरूको शुभकामना ग्रहण गर्दै वरिष्ठ अधिवक्ता प्राडा मिश्रले नेपाल बार एशोसिएशनले कानुन व्यवसायीहरूको हकहित सुनिश्चित गर्ने मात्र नभएर न्यायालयको स्वतन्त्रता रक्षा गर्ने संस्थाका रूपमा विकास गर्ने गरी काम गरिने बताएका थिए। ‘न्यायपरिषद्मा योग्य व्यक्तिहरू सिफारिस हुनुपर्छ, कुनै प्रकारको राजनीतिक हस्तक्षेप कानुनी क्षेत्रमा स्वीकार्य हुन सक्दैन,’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राडा मिश्रले भने, ‘न्यायालयको स्वतन्त्रता रक्षा गर्ने विषयमा अब हाम्रो समूहले सशक्त आवाज उठाउँछ।’

न्यायाधीश बन्न कानुन व्यवसायीहरूले घरजग्गा बेच्नुपर्ने, ठूलो ऋण लिनुपर्ने अवस्था आइरहेको उल्लेख गर्दै उनले भने, ‘यो प्रवृत्ति न्यायपालिकाका लागि गम्भीर घातक बन्न सक्छ। न्यायाधीश बन्ने प्रक्रिया पारदर्शी बनाउने र योग्य कानुन व्यवसायीहरूलाई न्यायालयमा अवसर दिने अवस्था सिर्जना गर्न यो समूहले कुनै कसर बाँकी राख्दैन।’ मिश्रले दाङ बारको जीर्ण भवनको मर्मतसम्भारका लागि केन्द्रीय बारले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए।

लुम्बिनी प्रदेशबाट उपाध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद पोखरेलले बार एसोसिएसन कुनै व्यक्तिको नभएर सबै कानुन व्यवसायीहरूको साझा संस्था भएकाले आफूहरूको नेतृत्वमा मात्र सबल बार बन्नेमा दाङ बारका कानुन व्यवसायीलाई विश्वास दिलाए।

मिश्र समूहबाट महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार कोइराला राजनीति मात्र नभएर न्यायिक दृष्टिकोणले पनि अग्रणी भूमिका खेल्ने जिल्ला दाङ भएको उल्लेख गरे। ‘यहाँका कानुन व्यवसायीहरू न्यायिक सुधारमा अहम् भूमिका निर्वाह गर्दै आउनु भएको छ,’ आफ्नो समूहका लागि मत माग्दै उनले थपे, ‘बार सुधारका पक्षमा विगतजस्तै यसपालि पनि दाङ अडिग भएर खडा हुने विश्वास लिएको छु। हाम्रो समूहले यहाँहरूका सरोकारका विषयलाई सम्बोधन गर्न अहोरात्र खटिन तयार छ।’

महिलातर्फ सदस्य पदकी उम्मेदवार अधिवक्ता इन्दिरा आचार्यले बारलाई देशभरका कानुन व्यवसायीको पक्षमा खडा हुने संस्था निर्माण गर्न आफ्नो समूह सक्षम रहेको बताइन्।

खुलातर्फ सदस्य पदका उम्मेदवार अधिवक्ता किरण पौडेलले आफ्नो समूहले कानुनी क्षेत्रमा व्यावसायिक स्थायित्वका लागि नीति बनाउन पहल गर्ने बताए।

दलिततर्फ सदस्यका उम्मेदवार अधिवक्ता चिरञ्जीवी तिल्क्यानीले बृहत लोकतान्त्रिक प्रगतिशील समूह कानुनी व्यवसायको उन्नति, न्यायपालिकाको सुधार तथा कानुन व्यवसायीहरूको हकहितका लागि प्रतिबद्ध भएको बताएका थिए। कार्यक्रमको सञ्चालन जिल्ला बार इकाई दाङका सचिव हरि बेसासीले गरेका थिए।

प्रकाशित: २०८१ चैत ५ गते मङ्गलबार ०३:०७
प्रतिक्रिया

थप समाचार

धितोपत्र र बीमासम्बन्धी कसुरमा शेखर गोल्छासँग अदालतले माग्यो एक करोड धरौटी

काठमाडौँ: धितोपत्र बजारमा अस्वाभाविक चलखेल र बीमा सम्बन्धी कसुरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छासँग जिल्ला अदालत काठमाडौँले १ करोड रुपौयाँ...

हिमालयन रिइन्स्योरेन्सविरुद्धको रिट खारेज, संकलित प्रिमियम रकम जगेडा कोषमा राख्नुपर्ने

काठमाडौँः सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडको प्रिमियम सेयर निष्काशनविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त...

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा, नख्खु कारागार पठाइयो

काठमाडौँ: शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनलाई न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले थुनुवा पुर्जी...

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं। व्यवसायिक घरना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्।उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो। उनलाई आजै...

एनसेल सेयर विवाद: अदालती तरबार हट्यो, कानुनबमोजिम गर्न प्राधिकरणलाई आदेश [पूर्णपाठ]

काठमाडौँ: एनसेल आजियाटा लिमिटेडको सेयर खरिद–बिक्री रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेजीको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ। सांसद अमरेशकुमार सिंहले एनसेलको सेयर खरिद–बिक्री रोक्न...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना