काठमाडौँ- ‘खल्ती’बाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गरे एक हजारसम्म रुपैयाँ प्राप्त गर्न सकिने अफर ल्याएको छ। हरेक पटक नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक पाउने खल्तीले जानकारी दिएको छ।
खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्तामध्ये एक भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप वानप्लस ११ स्मार्टफोन, हरेक हाप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरसिप जित्न सक्ने बताइएको छ।
यसका अतिरिक्त खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरि ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउदै पल्सर एन१६० जित्न पनि योग्य हुनेछन्। साथै, प्रयोगकर्ताहरूले आफ्नो बीमा प्रिमियम वा रु. १०० भन्दा माथिको कुनै भुक्तानीमा उपहार र कुपनहरू भएको स्क्र्याच कार्ड प्राप्त गर्नेछन्।
डिजिटल भुक्तानीप्रति आकर्षित गर्न अफर ल्याइएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए। नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु. १००० क्यासब्याक जित्ने अफर जेष्ठ ३२ सम्म मान्य छ भने बाँकी बम्पर उपहारहरु प्रयोगकर्ताहरुले असार ३१ गतेसम्म जित्न सक्नेछन्।


