२०८३ कार्तिक १३ गते बिहिबार

शरणार्थी प्रकरणको छानबिनमा केन्द्रित शून्य समय

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १०
parliament2080-2-10

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन्। सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को अन्त्यलगायतका विषय उठान गरेका हुन्।

सांसद बिजुला रायमाझीले अर्घाखाँचीको भूमिकास्थान–५ का बाबुराम पुन भारतको पञ्जाब लडेर घाइते भएको र उनको परिवार विचल्ली भएकाले राज्यका तर्फबाट सहयोगका लागि आग्रह गरे। उनले वनजङ्गलमा डढेलो र आगलाग बढेकाले त्यसको नियन्त्रण र क्षतिपूर्तिबारे संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराए।

सांसद विद्या भट्टराईले सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने योजनाअनुरुप नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेको भए पनि हालसम्म राजधानी काठमाडौँमा पर्यटक बसपार्क स्थापना हुन नसेको विषय संसद्मा उठाए। पर्यटक बसपार्क नबनेका कारण काठमाडौँको सोह्रखुट्टेको सडकबाटै बस छुट्ने गरेको भन्दै उनले तत्काल पर्यटक बसपार्क निर्माणका लागि आग्रह गरे।

सांसद बीना लामाले सडक बालबालिका, वृद्धव्यक्तिलगायतको व्यवस्थापनका लागि पहल गरिनुपर्ने बताए। सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक राष्ट्रपतिको कार्यालयबाट अब फिर्ता आउन नहुने र तत्कालै प्रमाणीकरण गरिनुपर्ने भनाइ राखे। सांसद शान्ति विकले पनि नागरिकता विधेयक चाँडो प्रमाणीकरणका आग्रह गरे।

सांसद वीरबहादुर बलायरले कैलालीमा बाढी पहिरो पीडितलाई घरबासको व्यवस्था गरिनुपर्ने बताए। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा आन्दोलनमा बसेका बाढी र पहिरो पीडितका माग सम्बोधन हुनुपर्ने उनको भनाइ छ।

सांसद बिराजभक्त श्रेष्ठले सरकारी कार्यालय र सेवा प्रवाहमा हुने भ्रष्टाचार निवारणका लागि प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको बताए। उनले  सबै सरकारी कार्यालयमा दर्ता र चलानीका काम प्रविधिबाटै गरिनुपर्ने बताए।

सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै व्यक्तिमाथि छानबिन हुनुपर्ने माग गरे। विष्णुमती करिडोरको बाटो निर्माणमा तीव्रताका लागि पनि उनले आग्रह गरे।

सांसद श्यामकुमार घिमिरेले चिकित्सकको कमजोरीका कारण बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्तिका लागि सम्बन्धित अस्पताल जिम्मेवारी हुनेगरी कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताए।

सांसद सुशीला थिङले सिन्धुली जिल्ला अस्पतालको लापरबाहीका कारण एक सुत्केरीको मृत्युको विषयलाई उठाइन्। अस्पतालको लापरबाहीले सुत्केरीको ज्यान गरेको विषयमा संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।

सांसद शान्ति श्रेष्ठले पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार गौशाला क्षेत्रमा सवारी चाप बढेको र सडकयात्रुलाई समेत असहज भइरहेकाले सो क्षेत्रमा आकाशे पुल निर्माणका लागि आग्रह गरे।सहरी पूर्वाधार निर्माणकै विषय सांसद शिव नेपालीले पनि उठाए। उनले पोखरा महानगरपालिकाको ढल निकासलगायतको व्यवस्थापन र सिमसार क्षेत्रका ताल संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराइन्।

सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै व्यक्तिमाथि छानबिन हुनुपर्ने माग गरे। विष्णुमती करिडोरको बाटो निर्माणमा तीव्रताका लागि पनि उनले आग्रह गरे।

सांसद डा स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी दायराभित्र ल्याइनुपर्ने बताए। विपद् जोखिम न्यूनीकरणका लागि सबै संयन्त्र परिचालन गर्नुपर्ने सांसद वाग्लेको भनाइ छ।

सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सङ्कल्प प्रस्ताव दर्ता गराए पनि संसद् सचिवालयले त्यसलाई अघि बढाउन ढिलाइ गरेको बताइन्। उनले सांसद विकास कोष ब्यूँताउन नहुने धारणा राखिन्।

सांसद ज्ञानबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका भ्रष्टाचारका सबै फाइल अघि बढ्नुपर्ने बताए। कानुन सबैका लागि समान हुनुपर्ने धारणा राख्दै उनले अख्तियारमा रहेका भ्रष्टाचारका फाइल नखोलिए सडक र सदन दुवैतर्फ सङ्घर्ष थालिने बताए। सांसद सुनीलकुमार शर्माले भारतीय नागरिकले नेपालमा आउँदा प्रतिव्यक्ति २५ हजार भारतीय मुद्रा मात्र ल्याउन पाउने व्यवस्थालाई पाँच लाख पुर्‍याउनुपर्ने बताए।

सांसद शेरबहादुर कुँवरले विद्युतीय सुरक्षातर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताए। विद्युत् प्रसारण र वितरणमा भइरहेको हेलचेक्रयाइँका कारण करेन्ट लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग गरे।  सांसद शोभा ज्ञवालीले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका बस्ती व्यवस्थापनका लागि संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद सन्तोष परियारले जातीय विभेद्को अन्त्यका लागि संसद्मा आवाज उठाए। रुकुम चौरजहारीमा भएको नवराज विक हत्या प्रकरणबारे भएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कारबाहीका लागि उनले आग्रह गरे।

सांसद सीता मिजारले २०७७ जेठ १० गते रुकुम चौरजहारीमा भएको नवराज विकलगायतको सामूहिक हत्याको विषय अझै टुङ्गिन नसक्नु दुःखद् भएको बताए। त्यसको छानबिन चाँडो टुङ्ग्याउनुपर्ने उनको भनाइ छ।

सांसद सम्झना थपलियाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधाको विषय उठान गरे।  जनस्वास्थ्यसँग जोडिएका कार्यक्रम सञ्चालनमा उनीहरुको भूमिका महत्वपूर्ण भए पनि न्यून सेवा सुविधा पाइरहेकाले यसबारे सरकारको ध्यान पुग्नुपर्ने उनको भनाइ छ।

सांसद हितराज पाण्डेले त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालको शहीद सुरेश वाग्ले क्यान्सर केन्द्रको उचित व्यवस्थापन र सञ्चालनका लागि आग्रह गरे।

सांसद सरस्वती सुब्बाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले भूमि आयोगको काम तीव्र बनाइनुपर्ने जोड दिइन्। सांसद सराज अहमद फारुकीले कृषिप्रधान देशमा किसानको विचल्ली हुनु दुःखद् रहेको बताए। पछिल्लो एक हप्ताभन्दा बढी समयदेखि आन्दोलनरत कपिलवस्तुका उखु किसानका समस्या समाधानका लागि उनले संसद्मार्फत् सरकारसँग आग्रह गरे। त्यस्तै किसानलाई मल, बीउ, सिँचाइलगायतका सुविधा समयमै उपलब्ध गराइनुपर्ने उनको भनाइ छ।

हरेक वर्ष सार्वजनिक शिक्षा सुधारको विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा पर्ने गरेपनि त्यसको नतिजा सन्तोषजनक नरहेको धारणा सांसद सरिता भुसालले राखे। सङ्घीय शिक्षा ऐन बन्न नसकेको, करार सेवाको शिक्षकको सेवा सुविधाको विषय, न्यून दरबन्दीलगायतका विषय उनले उठाए।

सांसद शान्ति चौधरीले राजापुर र टीकापुर जोड्ने कर्णाली पुल जीर्ण बन्दै गएकाले त्यसको प्राविधिक अध्ययन र मर्मतसम्भारका लागि आग्रह गरिन्। सांसद सीता कुमारी रानाले सवारीसाधनको इन्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषा देवनागरी लिपीमा हुनुपर्ने बताइन्।

सांसद सुनिता बरालले स्वास्थ्य संस्थाका कार्यस्थलमा अनुमति नलिइकन फोटो तथा भिडियो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमा अतिरञ्जित गर्ने गरेको विषयबारे आन्दोलनरत स्वास्थ्यकर्मीको विषय उठाइन्। यो विषयबारे अहिले  माइतीघर मण्डलामा नर्सहरु आन्दोलनमा रहेको बताउनुहुँदै उनले स्वास्थ्य संस्थाका कार्यस्थलमा हुने यस्ता गतिविधिमा रोक लगाइनुपर्ने बताइन्।

सांसद सूर्यकुमारी श्रेष्ठले सुर्खेत र दैलेख जोड्ने सडकमा सवारी चाप बढी भएकाले उक्त सडक दुई लेनमा विस्तार गरिनुपर्ने बताइन्। सांसद सूर्यप्रसाद ढकालले सहकारी क्षेत्र अस्तव्यस्त हुँदै गएको र पछिल्लो समय शिवशिखर सहकारीले ठूलो रकम हिनामिना गरेको विषय उठाइन्। यो सहकारीका सञ्चालक फरार भएकाले पक्राउ गरी छानबिन प्रक्रिया अघि बढाउन उनले आग्रह गरिन्।

सांसद सोविता गौतमले व्यापारघाटा कम गर्न तथा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सरकारले विद्युतीय सवारी साधनको कर बढाउन नहुने धारणा राखिन्। सांसद हृदयराम थानीले सुर्खेतको बाबियाचौरको इलाका प्रशासन कार्यालयमार्फत् राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिने र त्यहाँको इलाका प्रहरी कार्यालयलाई मुद्दा दर्ताको अधिकार दिनुपर्ने माग राखे। त्यहाँ नापतौल र मालपोत कार्यालय आवश्यक रहेको पनि उनको भनाइ छ।

सांसद ज्ञानु बस्नेत सुवेदीले नेपाल रेडक्रस सोसाइटी समस्यामा रहेकाले त्यसका लागि सम्बन्धित निकायले गम्भीर भएर काम गर्नुपर्ने बताए। सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मक्का मदिना जान विगतका तुलनामा अहिले महँगो भएकाले विपन्न र न्यून आय भएका मुस्लिम समुदायलाई सरकारले सहयोग गर्नुपर्ने बताए।

प्रकाशित: २०८० जेठ १० गते बुधबार ०२:०७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना