२०८३ कार्तिक १२ गते बुधबार

हारपछि प्रशिक्षक भन्छन्- हामी योद्धा हौँ, सजिलै त्याग गर्न हुँदैन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १०
nepal vs bangladesh

‘नेटभन्दा एक मिटर माथिबाट प्रहार गरेपछि के लाग्छ? थाहा थियो कि बीचमा बल झर्नेवाला छ, तर त्यसलाई ब्लक गर्न सकिनेवाला छैन।’

काठमाडौँ- महिला भलिबलमा फेरि एकपटक नेपालले भारतसँग हार बेहोरेको छ। चार वर्षअघि सागको फाइनलमा जितको नजिकमा पुगेर पनि उपाधि आफ्नो बनाउन नसकेको नेपालले बुधबार घरेलु मैदानमा अर्को पटक खेल्ने अवसर पाएको थियो।

चार वर्षपछि खेल भयो तर नतिजा उस्तै रह्यो। त्यो समयदेखि अहिले के परिवर्त भयो त? ‘पहिले नेपाली खेलाडी सुस्त देखिन्थे, अहिले ‘क्विक’ भएका छन्। साथै उनीहरको ‘सर्भिस’ पनि राम्रो हुँदै गइरहेको देखिन्छ,’ खेल सकिएपछि विजेता टिम भारतकी कप्तान निर्मलले भनेकी छन्।

दुई हजार दर्शक क्षमताको त्रिपरेश्वरको दशरथ रंगशालास्थित खचाखच कभर्ड हलमा भव्य माहोलबीच नेपालले खेलको पहिलो सेटमा नै १२–२५ को फराकिलो हार बेहार्‍यो। सुरुमा नेपालको खातामा एक अंक मात्र रहँदा भारतले आठ अंक बटुलिसकेको थियो।

खेल अवधिभर भारतले दबाब बनाइरह्यो। ‘के आजको खेलपछि प्रतिभा माली नभएको आभाष भयो ?’ खेलपछि नेपाली टिमकी अप्तान अरुणा शाहीलाई यो प्रश्न गर्दा उनले उत्तर दिन सकिनन्। उनी यो प्रश्नले विक्षुब्ध बनिन्। चोटका कारण प्रतिभा टिममा नपरेपछि नेपाली सिनियर महिला भलिबल टिमले धेरै गुमाएको छ।

त्यसमाथि अहिले त सरस्वतीलाई पनि चोट लागेकोले उनले पुरा समय खेल्न सकिरहेकी छैनन्। ‘आजको पहिलो सेट बिर्सनलायक रह्यो। तर आजको जसरी टिम रिकभर भइरहेको देख्न सबैलाई मन हुन्छ,’ खेलपछि प्रशिक्षक यान डी ब्रान्टले भनेका छन्, ‘किनभने शारीरिक रुपमा बलियो र रेटिङ राम्रो भएको प्रतिस्पर्धिविरुद्ध खेल्दा कहिले खेलाडी नर्भस पनि हुन्छन्।’

तर आज डिफेन्स र रिसिभ नेपालले राम्रो खेलेको पक्कै हो। निरुता, सलिनाले राम्रो रिसिभ गरेका छन्। तर हाम्रो स्पाइकलाई भारतले धेरै ब्लक गरिदियो। ‘अहिलेकै अवस्थामा भन्ने हो भने भारतविरुद्ध १० पटक खेल्ने हो भने हामीले ९ पटक हार व्यहोर्छौं होला,’ प्रशिक्षक ब्रान्टले भने, ‘तर दोस्रो सेटबाट हामीले के प्रमाणित गर्यौँ भने हामी तिनीहरुविरुद्ध दबाब बनाएरै खेल्न सक्छौं। एक सेट मात्र होइन हामी सबै सेटमा दबाब बनाउन सक्छौं।’

प्रशिक्षकले भनेजस्तै पहिले सेटबाहेक नेपालले सबै सेटमा राम्रो खेल्यो। दोस्रो सेटमा नेपालले हार व्यहोरे पनि निकै प्रतिस्पर्धात्मक सेटमा भारतले २६–२४ को जित निकाल्यो। नेपालले खेलको सूरुमा लिड गरेको भए पनि जित निकाल्न सकेन।

‘दोस्रो सेटपछि हामीलाई यो आत्मविश्वास भयो कि हामीले शारीरिक रूपले साथ पाएको टिमविरुद्ध पनि खेल्न सक्नेछौं। तर यस्तो कुरा हाम्रो तयारीमा कहिल्यै भएन। हामीले साढे दुई महिनाको अभ्यासमा मैत्रीपूर्ण नखेल्दै प्रतियोगितामा होमिनुपर्‍यो। केटाहरुसँग अलिअलि खेलेको मात्र हो। आधिकारिक खेल खेलिएन। अहिले त हामीले एकैपटक ठूलो टिमविरुद्ध खेल्नुपर्यो,’ प्रशिक्षक ब्रान्टले भने, ‘त्यस्तो खेलाडी जसले नेटभन्दा एक मिटर माथिबाट प्रहार गरेपछि हाम्रो के लाग्छ? हामीले त अधिकतम जम्प गर्ने, डिफेस्न गर्ने र रोक्ने हो। अन्तिम बलमा त्यस्तै भएन र ? थाहा थियो कि बीचमा बल झर्नेवाला छ, तर त्यसलाई ब्लक गर्न सकिनेवाला छैन।’

‘हामी भारतलाई हराउन चाहिँ सक्छौं जस्तो लाग्छ। अनि आज स्पाइकरले बल निकालिरहेको हो तर मैले नै खेलाउन नसकेको हो कि भन्ने पनि लागेको छ,’ नेपाली टिमकी कप्तान शाहीले भनिन्।

कप्तान अरुणाले यो खेलबाट आज धेरै ज्ञान मिलेको पनि बताएकी छन्। ‘आजको हारबाट पनि धेरै सिकियो। उहाँले बनाएको योजना लागू गर्न सकेको भए धेरै हुन्थ्यो होला। हामी आज धेरै ठाउँमा चुकेका छौं,’ खेलपछि कप्तान अरुणाले भनिन्।

प्रशिक्षक ब्रान्टले यो खेलबाट आफूले पनि धेरै सिकेको बताएका छन्। उनले भारतविरुद्ध खेल्दा सर्भिस राम्रो गर्नुपर्ने, सीधा अंक ल्याउन प्रयास गर्नुपर्ने र हामीले रिसिभलाई माथिल्लो स्तरमा कायम राख्नुपर्छ अनि हामीले छिटोछिटो खेल्नुर्ने बताएका छन्। ‘यदि अग्ला खेलाडी छन् भने आउटसाइड हिटरले धेरै अभ्यास गर्नुपर्ने हुन्छ। आज संगमले भित्रबाट धेरै प्रयास त गरिन् तर सँधै ब्लकको सिकार भइन्,’ प्रशिक्षक ब्रान्टले आजको खेलको विश्लेषण गर्दै भने।

‘आजको सबैभन्दा ठूलो पाठ भनेको ‘हामी योद्धा हौँ। हामीले सजिलै त्याग गर्नु हुँदैन,’ प्रशिक्षक ब्रान्टले भने।

उनले भनेजसरी नै आजको खेलमा नेपालले लगातार दुई सेटमा हार व्यहोरे पनि आशा मारिसकेको थिएन। त्यसैले त तेस्रो सेटमा जित निकाल्न सकेको हो। नेपालले तेस्रो सेटमा २५–२१ को जित निकालेको थियो।

‘उच्च स्तारमा भलिबल भनेको तथ्यांकको खेल हो। हामीले सबैलाई वानवाई वान गरेर हेर्नुपर्छ। यो फेन्टासीजस्तो होइन,’ उनले भने, ‘सर्भिस, ब्लब र काउन्टरअट्याकको आफ्नै फर्मुला छन्।’

खेलमा नेपालले तेस्रो सेटमा जित निकाले पनि चौथो सेटमा २१–२५ को हार बेहोरेपछि जितबाट बञ्चित भएको हो।

सेमीफाइनल पुग्नको लागि यो खेल खास मत्वपूर्ण भने थिएन। त्यसैले पनि स्वतन्त्र भएर खेलेको अरुणा बताउँछिन्। ‘हामीलाई आजको खेल धेरै महत्वपूर्ण त थिएन। हामीले आज फ्री भएर खेलेको हो। तर राम्रो खेल्ने प्रयास गरे पनि उनीहरुको ब्लक बलियो भएको कारण जित निकाल्न चाहीँ सकिएन,’ अरुणाले भनिन्, ‘भारत भनेर हामीले दबाबमा बसेर खेलेको छैनौँ। आज पनि हामी सक्छौं भन्ने नै थियो। भारत भन्ने बित्तिकै नर्भस हुने भन्ने चाहिँ भएन।’

अरुणाका अनुसार पहिलो सेटमा निकै खराब प्रदर्शन गरेपछि टिम नै डाउन भएको थियो। ‘प्रशिक्षकले कसरी खेल्ने भनेर सम्झाउनु भयो अनि हामीले राम्रो खेल्न सक्यौँ,’ उनले भनिन्, ‘हामी भारतलाई हराउन चाहिँ सक्छौं जस्तो लाग्छ। अनि आज स्पाइकरले बल निकालिरहेको हो तर मैले नै खेलाउन नसकेको हो कि भन्ने पनि लागेको छ।’

आजको जितसँगै समूह ए को भारत ३ खेलमा नौ अंक बनाएर शीर्ष स्थानमा छ। पराजित नेपाल तीन खेलबाट ६ अंक जोडेर दोस्रो छ।

समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ। समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ।

प्रकाशित: २०८० जेठ १० गते बुधबार ०७:२१
प्रतिक्रिया

थप समाचार

तेस्रो हुँदा पनि ‘खुशी’ नै छ डिफेन्डिङ च्याम्पियन

भारत र काजकस्तानजस्ता अब्बल मानिएका टिमसमेत रहेकाले नेपालले नतिजामा चित्त बुझाएको छ। दुवै टिम फाइनलमा पुगेका छन्।

भलिबल च्यालेन्ज कप खेल्न नेपाल आइपुगे ६ टोली

काठमाडौं – भोलिबाट काठमाडौंमा सुरु हुने एभीसी सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप खेल्नको लागि ६ देशका टिम नेपाल आइपुगेका छन्। नेपालमा गएको शनिबार विहानदेखि आइतबार विहानसम्ममा छ टिम नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना