काठमाडौँ- उच्च अदालत तुलसीपुरको बुटबल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ।
न्यायाधीशहरू रमेश ढकाल र स्विकृति पराजुलीको इजलासले यस्तो आदेश दिएको हो। इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने रुपन्देही जिल्ला अदालतको आदेश पनि सदर गरेको छ।
यसअघि जिल्ला अदालत रुपन्देहीले रविलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रविका हकमा जिल्लाको आदेश बदर भएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो।


