काठमाडौँ- बालाजुको औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ।
औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको थियो।
करिब १ घण्टा पछि आगो नियन्त्रणमा लिइएको हो।
आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका थिए।
आगलागीको कारण भने खुल्न सकेको छैन।


