२०८३ कार्तिक १७ गते सोमबार

शेखरले भने- यो विधानत कांग्रेसको महाधिवेशनको वर्ष हो, टार्न खोजे आत्मघाती हुनेछ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १
shekhar_Koirala (3)

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र ‘क्लिन पोलिटिक्स’ अभियान सञ्चालन गरिनुपर्ने बताएका छन्।

नयाँ वर्षका अवसरमा शुभकामना दिँदै कोइरालाले राजनीतिमा देखा परेका विकृति र विसंगती हटाउन ‘क्लिन पोलिटिक्स’ अभियान सञ्चालनको प्रस्ताव अघि सारेका हुन्।

‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो। पार्टीको अगुवाइमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियान नचलाई बस्ने हो भने बिपी कोइरालाले भन्नु भएझैं कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जा’मा जाने खतरा छ, र म त्यो देख्दैछु,’ कोइरालाले भने।

साथै उनले सामान्य त्रुटि हुँदा पनि मुलुक गतल दिशातिर जान सक्ने उल्लेख गरेका छन्।

‘हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौं, जहाँबाट सामान्य त्रुटि हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ,’ राजसंस्था पुनर्स्थापनाका लागि भइरहेका चर्चा र आन्दोलनतर्फ लक्ष्य गर्दै कोइरालाले भने।

साथै उनले अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शितयुद्ध २’ ले एकपटक फेरि हामीलाई आजभन्दा झण्डै पाँच दशक अगाडि बिपी कोइरालाले प्रतिपादन गरेको “राष्ट्रिय मेलमिलाप” को स्मरण गराएको उनको भनाइ छ।

‘नेपाली जनता माझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले आफ्‌नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने।

नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरि कांग्रेसमा पुर्नजागरणकाल जगाउनु पर्ने पनि उनले बताए।

‘यो तबमात्र सम्भव छ, जब कांग्रेसका साथीहरू जाग्नेछन्। कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियताबिना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव छैन,’ उनले भने।

नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो रहने पनि उनले बताए।

कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प नरहेको कोइरालाको भनाइ छ।

‘नेपालको संविधानलाई दक्षिणपन्थी भासवाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसको तर्फबाट साथीहरू अगाडि आउनुपर्छ। यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो। कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुनेछ। यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु,’ उनले भने।

आफू र आफ्नो दलभन्दा “देश र जनता” माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउने पनि उनले बताए।

प्रकाशित: २०८२ बैशाख १ गते सोमबार १२:१८
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना