काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री महामन्त्री गगन थापालगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको आलोचना गरेका छन्। महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको काम समर्थनयोग्य नभएको टिप्पणी गर्दै सरकारको कार्यशैली बदलिनुपर्नेमा जोड दिएका छन्।
महामन्त्री शर्माले सरकारको ७ कमजोरी औल्याउँदै ट्वीटरमा लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन। मुख्य दुई दल सम्मिलित सरकारको गति सम्तोषजनक भएन। कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।’



