काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न्।
मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले संसद अधिवेशन बोलाएका हुन्।
शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।


