ब्रासिलिया- ब्राजिलको राजधानी ब्रासिलियामा नेपालसहित विश्वका विभिन्न देशका देशबाट आएका जलवायु अभियन्ताले प्रदर्शन गरेका छन्।
ब्राजिलको परराष्ट्र मन्त्रालय (इटामाराटी) अगाडि बुधवार उनीहरूले प्रदर्शन गरेका हुन्। ‘कोप ३० मा न्यायपूर्ण ऊर्जा रूपान्तरणको नेतृत्व ब्राजिलले लिनुपर्छ’ भन्ने सन्देशसहित प्रदर्शन गरिएको हो।
प्रदर्शन प्रसिद्ध ब्राजिली कलाकार मुनदानोद्वारा बनाइएको ३० फिट लामो ब्यानर अमेजनका डढेलोबाट सङ्कलन गरिएका खरानी प्रयोग गरी बनाइएको थियो।
यसअघि कोप-३० अध्यक्षलाई हस्तान्तरण गरिएको एक पत्रमा ‘फ्री ल्यान्ड क्याम्प’को अवसरमा दिइएको थियो। यो पत्रमा नेपालसहित ९८ देशका हजारौं व्यक्ति र १८० भन्दा बढी संस्थाहरूले हस्ताक्षर गरेका थिए। जीवाश्म इन्धनको अन्त्य, न्यायपूर्ण ऊर्जा रूपान्तरण, र आदिवासी नेतृत्वको केन्द्रिय भूमिका सुनिश्चित गर्न माग गरिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


