काठमाडौँ –नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको भन्दै टिप्पणी गरेकी छिन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘सडकबाट ऐन पास हुने हो ?’ भनी शिक्षकहरुलाई प्रश्न गरेकी छिन्।
उनले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरुको प्रवृत्ति सही नभएको जिकिर गरेकी छिन् । ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ?’ उनले प्रश्न गरेकी छिन्।
‘समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ?’ झाक्रीले भर्नाको बेला विधालय बन्द गरेर लाखौ विधार्थीको भविश्य अन्यौल बनाउन मिल्छ ? उनको प्रश्न छ।


