बुटवल- बुटवल युवतीमाथि गोली प्रहार भएको छ।
उपमहानगरपालिका -११, बुद्धनगरमा शनिबार बिहान पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।
गोली लागेर एक युवती घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
युवतीको ढाडमा गोली लागेको छ। गोली के कारणले हानिएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


