२०८३ कार्तिक १२ गते बुधबार

दर्ता भएनन् सामाजिक सञ्जाल, कहिले बन्द गर्दैछ सरकार?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ८
social_media
तस्बिर : iconosquare.com

काठमाडौँ- सरकारले दिएको अन्तिम समयसीमामा पनि सामाजिक सञ्जाल कम्पनीहरूले दर्ता गर्न अटेर गरेका छन्। वैशाख ७ गतेसम्म नेपालमा चल्ने सबै सामाजिक सञ्जाल दर्ता गरिसक्न सरकारले आह्वान गरेको र दर्ता नभए बन्द गर्ने चेतावनी दिएको सरकारलाई सामाजिक सञ्जाल कम्पनीहरूले बेवास्ता गरेका हुन्।

सरकारले तोकेको समयसीमामा एउटा पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा सहभागी नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार दर्ता प्रक्रियामा सहभागी नभएका सामाजिक सञ्जाललाई चल्न दिने या नदिने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा फेसबुक, इन्स्टाग्राम, थ्रेड्ससँगै एक्स (ट्विटर), युट्युब, गुगल, लिंक्डइनजस्ता सामाजिक सञ्जाल प्लेटफर्मले नेपालमा सूचीकृत हुनुपर्ने व्यवस्था छ। यसअघि नै टिकटक र भाइबर भने दर्ता प्रक्रियामा सहभागी भएका छन्।

सूचीकृत हुन नआउने कम्पनीलाई नेपालमा चल्न नदिने भन्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक रूपमै चेतावनीसमेत दिएका थिए। तर उनको चेतावनीलाई सामाजिक सञ्जाल कम्पनीहरूले अवज्ञा गरेका हुन्।

शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्मले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने जिकिर गरेका थिए।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद दिएर सूचना पठाएको थियो। सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमनको दायरामा ल्याउन निर्देशिका लागू गरिएको मन्त्र मन्त्री गुरुङको भनाइ थियो।

प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाई रोक्न दर्ता प्रक्रियामा जानुपरेको सरकारको दाबी छ।

सरकारले फेसबुक, म्यासेन्जर, ह्वाटस् एप र थ्रेडको मातृ कम्पनी मेटाका प्रतिनिधिसँग दर्ताका विषयमा छलफल भइरहेको जिकिर गरेपनि उसले पनि दर्तामा आउन कुनै प्रक्रिया अपनाएन।

नेपालमा दर्ताविना नै म्यासेन्जर, थ्रेडस्, फेसबुक, ह्वाट्सएप, वी च्याट, स्नापच्याट, टेलिग्राम, इन्स्ट्राग्राम, युट्युब, एक्स अर्थात (ट्विटर), नेटफ्लिक्स, लिंक्ड-इन, डिस्कोर्ड, र रेडडिटजस्ता प्लेटफर्म सञ्चालनमा छन्।

सामाजिक सञ्जाल, इन्टरनेट प्रयोग, मोबाइल कनेक्टिभिटी तथा डिजिटल ट्रेन्डका बारेमा अध्ययन गर्ने डाटा रिपोर्टलका अनुसार नेपालमा सन् २०२५ को सुरुवातसम्म १ करोड ४३ लाख भन्दा बढीले फेसबुक चलाउँछन्। इन्स्टाग्राम चलाउनेको सङ्ख्या ४२ लाख छ। ह्वाट्एसप चलाउनेहरु ५० लाख हारहारीमा छन्। ट्विटर चलाउनेको सङ्ख्या ४३ लाख हाराहारीमा रहेको बताइएको छ।

सामाजिक सञ्जाल र डिजिटल सेवामार्फत राजस्व संकलन गर्ने सम्भावना अत्यन्तै उच्च छ। सरकार यिनीहरूबाट २ प्रतिशत सेवा कर संकलन गर्न पहल थालेको छ।

प्रकाशित: २०८२ बैशाख ८ गते सोमबार ०६:३६
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना