डोटी- भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चालक बझाङको बुङ्गल नगरपालिका-२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी छन्।
उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।


