२०८३ कार्तिक २६ गते बुधबार

उपमेयर डंगोल भन्छिन्- स्टन्ट र गालीले देश बन्दैन, देशलाई सक्षम र इमान्दार युवाको खाँचो छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ११
sunita-dangol

 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन्।

लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।

उनले विभिन्न कारणले आफूमाथि चौतर्फी आक्रमण भइरहेको समेत दावी गरेकी छिन्।

जतिसुकै आक्रमण भए पनि बिचलित नहुने र राष्ट्र निर्माणका लागि अघि बढिराख्ने उनले बताइन्। उनले भनिन् ‘एमालेबाट टिकट पाएर म उपमेयर निर्वाचित भएँ। सदैव जिम्मेवारी र कर्तव्यमा रहेर जनताप्रति इमान्दार भएर काम गरिरहेको छु, त्यसैकारण प्रशंसा पनि हुन थाल्यो। मेरा कामको सकारात्मक प्रभाव पर्‍यो, तर त्यो देखेर कतिलाई भतभती पोल्यो, त्यसैले ममाथि निरन्तर आक्रमण भइरहेको छ।’

उनले युवा एकजुट भएका खण्डमा असम्भव भनिएका कुरालाई पनि सम्भव बनाउन सकिने बताइन्।

‘कहिल्यै पनि हार नमान्नेले सफलता पाउँछ, अहिलेको समयमा हामीलाई चौतर्फी आक्रमण भएको छ। जतिसुकै आक्रमण भए पनि हामी बिचलित हुने छैनौं, राष्ट्र निर्माणका लागि हामी थाक्ने छैनौं,’ उनले भनिन्, ‘आधारहीन लेख्न, बोल्न र कमेन्ट गर्नलाई पनि छेकेन। आक्रमण निरन्तर गर्नेहरू राष्ट्रविरोधी तत्व हुन्, उनीहरू सलबलाइरहेका छन्।’

उनले आफू ‘योङ ग्लोबल लिडर’ को रूपमा चयन भएको पनि बताइन्। यसबाट नेपाली युवाले काम गर्न सक्छ र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि ठाउँ बनाउन सक्छ भन्ने देखिएको उनको भनाइ थियो।

‘यो कुराले पनि धेरैलाई पोल्यो, सुन्न सकेन, त्यसपछि जथाभावी आक्रमण प्रयास भएको छ,’ उनले भनिन्, ‘सत्य बोल्न, साँचो काम गर्न, जनतासँग बफादार हुन कदापि पछि हट्ने छैन। आक्रमण भइरहँला तर जित त्यसैको हुन्छ जसले हार मान्दैन। जसले सत्यको बाटो सधैं पछ्याइरहन्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काम गरेको र राष्ट्रवादी भएकै कारण चौतर्फी आक्रमण खेप्नु परेको बताएकी थिइन्।

साथै उनले आपूहरू स्टन्ट नगर्ने र समस्या समाधानमा केन्द्रित रहेको पनि बताइन्।

‘हल्लाको पछि हामी लाग्दैनौं। धेरै जनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छजस्तो पनि लाग्छ, अरूलाई गाली गरेर देश बन्छ जस्तो लाग्छ। तर स्टन्ट गरेर देश बन्दैन,’ उनले भनिन्, ‘देश बनाउने हो भने योजनाअनुरूप काम र काममा इमान्दारी हुनुपर्छ। स्टन्ट होइन काम गर्ने, अराजक होइन अनुशासित युवा देशलाई चाहिएको छ। समस्या आइपर्दा भाग्ने होइन, जुध्ने र समाधान गर्ने ल्याकत राखौं। यो देशलाई सक्षम युवाको खाँचो छ।’

प्रकाशित: २०८२ बैशाख ११ गते बिहिबार ०४:५३
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना