जनकपुरधाम- जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत र उनकी पत्नी एकअर्कासँग अलग हुन राजी भएका छन्। यद्यपि उनीहरूले त्यसलाई सम्बन्ध विच्छेद भने भनेका छैनन्।
गत वर्ष भदौ १२ मा ललितपुर जिल्ला अदालतमा राउतले पत्नी सोनी सिन्धु रानीसँग कानूनतः अलग हुनका लागि सीकेले मुद्दा दायर गरेका थिए। सो मुद्दालाई मंगलबार न्यायाधीश निर्मला योङ्याको एकल इजलासले मिलापत्रमा पठाउने आदेश दिएपश्चात बुधबार सहमति भएको हो।
राउतले पत्नी सोनीलाई आजीवन मासिक ३३ हजार हजार रूपैयाँ दिनैछन्। यो रकम हरवर्ष १० प्रतिशत बढाउनुपर्ने छ।
डा. राउत दम्पत्तिका तीन सन्तान (दुई छोरी र एक छोरा) छन्। तीनै सन्तानलाई बाबुसँग रहने र उनैले पालनपोषण गर्ने सहमति छ।
राउतले आफ्नो सम्पत्तिको पाँच भाग लगाएर एक भाग पत्नीलाई दिनेछन्। सन्तानको भागमा पर्ने तीन भाग सम्पत्ति राउतकै नाममा रहनेछ। भविष्यमा गर्ने कमाईमा पत्नी सोनीको हक लाग्ने छैन। राउतले पत्नीलाई अंशबापत काठमाडौंमा दिएको जग्गामा घर बनाइदिने पनि सहमति गरेका छन्।


