पोखरा- कलाकार सुबि खनालले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘प्रेमको गीत’ सार्वजनिक भएको छ।
गायिका रोजिना बस्नेत र गायक रञ्जन राईको स्वरमा सजिएको यस गीतमा इन्द्रजित भुलको शब्द, मित्र केसीको संगीत र विशाल निरौलाको एरेन्ज रहेको छ। ‘प्रेमको गीत’ अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोको निर्देशन आशिष थापाले गरेका छन् भने कलाकार सुवि खनाल र गणेश पौडेलको मुख्य अभिनय रहेको छ।
बालकलाकार बिमला पौडेल ‘मिया’ को भूमिकामा देखिएकी छिन्। गोविन्द भण्डारीले खिचेको भिडियोलाई निरञ्जन केसीले सम्पादन तथा पब्लिसिटी डिजाइन गरेका हुन्।
पोखरामा छायांकन गरिएको यस भिडियोले प्राकृतिक सौन्दर्य र भावनात्मक कथावस्तुलाई एकसाथ जोडेको छ।


