काठमाडौँ- नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको विषय संसद सचिवालयलाई जानकारी गराएको छ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी सांसद राईलाई १३ गते पक्राउ गरिएको सूचना प्रहरीले संसद् सचिवालयलाई पठाएको हो।
राईराई हिरासतमा राखी अनुसन्धान थालिएको विषय प्रहरीले सचिवालयमा पठाएको छ। अब राई निलम्बनको प्रक्रिया सुरु हुनेछ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जीबी राई फरार रहेका छन्। रवि लामिछाने र छविलाल जोशी भने धरौटीमा रिहा भएका थिए।
तर लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालतको बुटवल इजलासले आदेश दिएको छ। उनी रुपन्देही कारागारमा छन्।


