काठमाडौँ- २७ दिनयता जारी शिक्षक आन्दोलनमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाललाई शिक्षकहरुले फर्काइदिएका छन्।
आन्दोलनरत शिक्षकलाई सम्बोधन गर्ने योजनासहित पुगेका दुवै पूर्वप्रधानमन्त्रीलाई शिक्षकहरूले नै फर्काइदिएका हुन्।
‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि खनाल र नेपाल फर्किएका थिए। फर्किने क्रममा उनीहरूलाई प्रहरीले स्कर्टिङ गरेको थियो।


