काठमाडौँ- चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा उपद्रो मच्चाएको आरोपमा पक्राउ परेका थप १२ जना रिहा भएका छन्। उनीहरूसँग बयान लिएर हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
यसअघि कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न २१ जनालाई रिहा गरिएको थियो। योसँगै अब तीनकुने घटनाको आरोपमा पक्राउ परेका ३३ जना रिहा भएका छन्। उनीहरु आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएका व्यक्तिहरू हुन्।
राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका डा. धवल शमशेर जबरा पनि यसअघि हाजिर जमानीमा रिहा भएका थिए। यस्तै रवीन्द्र मिश्र र दुर्गा प्रसाई राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।
चैत १५ को घटनामा ७३ जना पक्राउ परेका थिए।


