वीरगञ्ज (पर्सा)- कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टका अनुसार साहलाई उद्धार गरिएको छ। वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरिएको हो।
अपहरणको आरोपमा रिकेश कुमार र राजन गुप्ताका साथै सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको छ। हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन।
पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए।


