जनकपुर- जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा सार्वजनिक बिदा दिइएको उल्लेख छ।
आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा पनि मधेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ।


