बुटवल – रूपन्देहीमा विद्यार्थी बोकेको निजी विद्यालयको बसमा आगलागी भएको छ।
शुद्धोधन गाउँपालिका-४ फर्साटिकरस्थित लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको बसमा बिहीबार बिहान आगलागी भएको हो।
विद्यार्थी बोकेर विद्यालय नजिकै पुगेको लु १ क १३२६ नम्बरको बसमा अचानक आगो लागेको प्रहरीले जनाएको छ।
आगलागी हुँदा बसमा विद्यार्थी रहे पनि स्थानीयले उद्धार गरेका थिए।
प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट बसमा क्षति पुगेको छ।


