२०८३ कार्तिक २६ गते बुधबार

नेपाल पर्यटन बोर्डले गर्‍यो अध्यक्ष सिंहको बिदाइ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २५
binod_sing

काठमाडौं- नेपाल पर्यटन बोर्ड (एनटीबी)ले बोर्ड अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई बुधबार बोर्डको सभा हलमा एक विशेष समारोहका बीच हार्दिक कृतज्ञता व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गरेको छ।

बिदाइ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी, बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), बोर्ड सदस्य ऋषि भण्डारी, नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रले बोर्ड अध्यक्षसमेत रहेका सचिव सिंहको कार्यकाल फलदायी रहेको धारणा व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत जोशीले सचिव सिंहको कार्यकाल छोटो भए पनि उपलब्धिमूलक रहेको उल्लेख गरे। मन्त्रालयको सचिव पदबाट सिंह बिहीवार अवकाशमा गएका हुन्।

‘कर्मचारी विनियमावलीको ११औं संशोधन सहज बनाउन सचिवज्यूको अग्रसरता महत्वपूर्ण रह्यो। शिथिल अवस्थामा रहेको बोर्डलाई उहाँले नेतृत्व प्रदान गर्दै चलायमान बनाउने र सकारात्मक उर्जा प्रदान गर्ने निर्णय गर्दै गतिशील बनाउनु भयो,’ जोशीले भने। सीईओ जोशीले बोर्डप्रतिको माया र समर्पणले अवकाशपछिको समयमा पनि बोर्ड अध्यक्ष सिंहबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

कर्मचारी युनियन अध्यक्ष कुन्दन शर्मा मिश्रले सचिव सिंहसँग बिताएको समयलाई ‘क्वालिटी टाइम’का रूपमा व्याख्या गर्दै भने, ‘उहाँको निर्णय क्षमता र स्पष्ट दृष्टिले बोर्ड नयाँ ऊर्जा भर्न सफल भएको छ। हामी उहाँलाई सदैव सम्झिरहने छौं र आवश्यक परेमा सदा सल्लाह सुझावको लागि आग्रह पनि गर्नेछौं।’

बोर्ड सदस्य ऋषि भण्डारीले सचिव सिंहलाई ‘अभिभावक’ सरह भूमिका निर्वाह गरेको स्मरण गर्दै भने, ‘कठिन समयमा सही निर्णय लिन सक्ने अद्वितीय क्षमता उहाँमा छ। अध्यक्ष पदमा रहँदा राखिएका आशाहरूलाई उहाँले कहिल्यै मलिन हुन दिनुभएन।’

धन्यवाद मन्तव्य दिँदै सचिव तथा अध्यक्ष सिंहले पर्यटन बोर्ड परिवारप्रति आभार व्यक्त गरे। उनले भने, ‘नेपाल निजामति क्षेत्रमध्येमा नै बोर्डमा सक्षम र योग्य पात्रहरू हुनुहुन्छ। सकारात्मक ऊर्जा, समन्वय र प्रतिबद्धताले धेरै कामहरू सम्पन्न गर्न सकिएको छ। अझ धेरै गर्न सकिन्थ्यो भन्ने सानो गुनासो भए पनि सबैको भूमिकालाई म उच्च सम्मान गर्छु।’

सचिव सिंहले कर्मचारी विनियमावलीको संशोधन, वार्षिक कार्यक्रम छनोट र कार्यान्वयनमा ध्यान दिन सुझाव दिँदै आगामी दिनमा पर्यटन प्रवर्द्धनका थप प्रयासहरूलाई सशक्त बनाउन आग्रह गरे।

बोर्ड उपाध्यक्ष कमल सापकोटाले सचिव सिंहको नेतृत्वमा बोर्डले विवादरहित र परिणाममुखी काम गरेको प्रशंसा गर्दै अवकाशपछिको जीवनमा पनि निरन्तर सहकार्य जारी रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य तथा कर्मचारीहरूले सचिव सिंहप्रति नेतृत्व, निर्णय र समर्पणका यादगार क्षणहरू स्मरण गर्दै अवकाशपछिको जीवनका लागि शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: २०८२ बैशाख २५ गते बिहिबार ०६:४८
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना