२०८३ कार्तिक २६ गते बुधबार

भारत-पाकिस्तान तनाव : रोकियो आईपीएल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २६
ipl

काठमाडौँ- भारत-पाकिस्तानबीच तनाव बढेपछि आईपीएल रोकिएको छ। दुई देशबीचको तनावका कारण आईपीएल प्रतियोगिता रोक्न परेको भारतीय क्रिकेटको बीसीसीआईले जानकारी दिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको हो।

अब फेरि कहिले प्रतियोगिताका खेल हुनेछन् भन्ने विषयमा बीसीसीआईले कुनै पनि जानकारी दिएको छैन।

आईपीएलमा अब १२ खेल बाँकी छन्। यसअघि प्रकाशन गरिएको तालिकाअनुसार मे २५ मा यो प्रतियोगिताको फाइनल हुने जानकारी दिइएको छ।

‘देशमा युद्ध भइरहेको समयमा आइपीएल प्रतियोगिता राम्रो होइन,’ बीसीसीआईका एक अधिकारीले पीटीआईसँग भनेका छन्।

बुधवार चेन्नई-कोलकाता आईपीएल म्याच भएका बेला भारतले पाकिस्तानमाथि गरेको कारवाही अपरेसन सिंदूरको सम्मानमा राष्ट्रगान बजाइएको थियो।

यसअघि बिहीवारका लागि तय गरिएको पञ्जाब-दिल्लीबीचको म्याच पनि रोकिएको थियो। पाकिस्तानले मे ८ तारिकमा राति करिब साढे ८ बजे भारतको जम्मू, पञ्जाब र राजस्थानको सीमामा मिसाइल र ड्रोनबाट हमला गरिएको थियो। उक्त समयमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेको थियो।

पञ्जाबले पहिले ब्याटिङ गरेर १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको थिइो। त्यसबेला मैदानको फ्लडलाइट्स बन्द गरेर दर्शकलाई घर पठाइयो। सहरमा ब्ल्याकआउट गरी म्याच रद्द गरिएको थियो। यो लिगको ५८औँ म्याच थियो।

प्रकाशित: २०८२ बैशाख २६ गते शुक्रबार ०१:४६
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना