काठमाडौँ- कानुन दिवस कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहभागी भएका छन्।
७३औँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले गरेको कार्यक्रममा उनीहरूले मञ्च सेयर गरेका हुन्।
न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिँदै कानुन दिवस मनाइएको हो।
विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


