२०८३ कार्तिक १३ गते बिहिबार

चलचित्र ‘राजकुमारी’को बनाउने घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २६
Rajkumari-film

काठमाडौँ– चलचित्र ‘राजकुमारी’ को बनाउने घोषणा गरिएको छ। रेडलाइन्स फिल्म प्रालिले करिब ५ करोड लगानी लागत अनुमान गरेर चलचित्र बनाउन लागिएको निर्माण टिमले जानकारी दिएको छ।

चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको कथा प्रस्तुत गर्ने जानकारी दिइएको छ। चलचित्रको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन्। निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’को रूपमा लिएको बताए।

‘मैले यसअघि पनि केही चलचित्र बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ। यसका पछाडी केहि कारण छन्, त्यो म पछि खुलाउनेछु,’ उनले भने।

चलचित्रमा पीबी थापाले एकल रुपमा लगानी गर्दैछन्। निर्माता थापाले यो चलचित्रको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण लगानी गर्न तयार भएको जनाए। थापाले भने, ‘नेपाली दर्शकले पहिलोपटक फरक स्वादको एक गहिरो प्रेमकथा अनुभव गर्नेछन्। बाँकी कुरा सुभमुहुर्त कार्यक्रममा बोल्नेछौं।’

फिल्मको मुख्य पात्र राजकुमारी को भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ। निर्माण टिमले केही चर्चित अभिनेत्रीहरूसँग कुराकानी गरिरहेको भएपनि मुख्य अभिनेत्री को हुने भन्ने बिषय टुंगोमा नपुगेको निर्देशक विश्वकर्माले बताए। यद्यपि, चलचित्रका अन्य कलाकार र प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।

चलचित्रको छायांकन प्रक्रिया केही महिनाभित्र सुरु गरिने गरी प्रि–प्रोडक्सनको काम भैरहेको बुझिएको छ। निर्देशक विश्वकर्माका आगामी भदौसम्म फ्लोरमा जानेगरी तयारी भइरहेको छ। चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म फाइनल गरिएको छैन।

टाइटल अनुसार चलचित्र राजपरिवारसँग नजिक रहेर बन्न सक्ने अनुमान गर्न सकिन्छ। तर, निर्माण टिमले यसको कथावस्तु पूर्ण रूपमा खुलाएको छैन। निर्माण टिमले दर्शकलाई सस्पेन्समा राख्दै सबै विवरण चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

निर्देशक विश्वकर्माको चलचित्र ‘हेल्लो काँशीराम’ आगामी जेठ २ गते देशव्यापी प्रदर्शनमा आउँदैछ। उनले पछिल्ला वर्षमा निर्देशनमा सक्रियता बढाएका छन् र ‘राजकुमारी’ मार्फत आफूलाई पूर्णरूपमा निर्देशकको रुपमा स्थापित गर्ने दाबी गरेका छन्।

नेपाली चलचित्र उद्योगमा नवप्रवेशी ऊर्जा र मौलिक कथावस्तुको खोजी भइरहेको बेला ‘राजकुमारी’ ले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। चलचत्रिको काठमाडौंमा अधिघकांश छायांकन हुनेछ भने अन्य केहि दृश्य मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ।

प्रकाशित: २०८२ बैशाख २६ गते शुक्रबार ०७:१८
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना