२०८३ कार्तिक १२ गते बुधबार

पहिले सेट नजित्नु नै हाम्रो हारको कारण भयोः प्रशिक्षक ब्रान्ट

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १२
nepal vs bangladesh

काठमाडौं – ‘पहिलो सेटमा जित निकाल्न नसक्नु नै आज हाम्रो हारको मूख्य कारण भयो। पहिलो सेटमा जित निस्किएको भए हामीले आज सोझो सेटमा जित निकाल्ने थियौँ,’ काभा महिला भलिबल च्यालेन्ज कपको सेमीफाइनलमा काजकस्तानसँग ३–२ को सेटमा हार बेहोरेपछि नेपाली टिमका प्रशिक्षक यान डे ब्रान्टले भनेका छन्।

उनको प्रशिक्षणमा नेपालले विगत साढे दुई महिनादेखि अभ्यास गरिरहेको छ। तर समूह चरणको अन्तिम खेलमा भारतलाई हराउन नसकेको यो टिमले आज काजकस्तानविरुद्ध जित निकाल्दै फाइनल पुग्ने विश्वास गरिएको थियो। तर उसले पाँचौ सेटमा गएर हार बेहोरेको हो।

खेलको बीचको दोस्रो र तेस्रो सेटमा नेपालले राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो। ‘नेपाल निकै बलियो प्रतिद्वन्दी रह्यो। हामीलाई उसले धेरै पटक रोेक्यो। साथै यहाँको समर्थक र उनीहरुको क्राउडले पनि हामीलाई प्रस्टेटेड बनाएको थियो,’ खेलपछि काजखस्तानका प्रशिक्षकले काजाकोभ अजतले भनेका छन्।

तर उनलको टिमले पहिलो सेटमा भने संर्षपूर्ण जित निकालेको भने हो पहिलो सेटमा नेपालले जितका लागि लगातार चार सेट पोइन्ट पाएको थियो। यता काजकस्तानले दुई वटा मात्र सेट पोइन्ट पाएको थियो। तर नेपालले अग्रतालाई बढाउन नसकेपछि २८–३० को हार बेहोरेको हो।
तर दोस्रो र तेस्रो सेटमा नेपालले सानदार जित निकाल्यो। दोस्रो सेटमा पाहुना टोलीलाई २५–१६ स्तब्ध पार्यो भने तेस्रो सेटमा नेपालले २५–१२ ले हरायो। त्यसअघि १–० पछि परेको नेपालले खेललाई २–१ ले लिड डरेको थियो।

तर चौथो सेटमा आएपछि प्रशिक्षकले सेटका खेलाडीलाई रेस्ट दिए। ‘हामीले प्रशिक्षकका धेरै कुरा बुझेनौ कि। पहिलो सेटमा राम्रो गर्दै गर्दै सर्भिसमा अलि धेरै गल्ती भएर सेट गुमाउनु पग्यौँ। दोस्रो र तेस्रो जितेर कमब्याक पनि गरेको हो तर प्रशिक्षकले सबैलाई चेन्ज गराउनु भयो। अन्तिम सेटमा चाहीँ आफैंले धेरै गल्ती गरेपछि जित निकाल्न सकिएन,’ खेलपछि कप्तान अरुणा साहीले भनिन्।

उनले पछिल्लो समय नेपालले डिफेन्स, रिसिभ र सर्भिसमा धेरै मिहिनेत गरिहेको बताएकी छन्। आजको सेमीफाइनल खेलमा डिफेन्स राम्रो भए पनि रिसिभ र सर्भिस मिस भएपछि खेलमा जित निकाल्न नसकेको उनको मत छ।

प्रकाशित: २०८० जेठ १२ गते शुक्रबार ०९:४८
प्रतिक्रिया

थप समाचार

तेस्रो हुँदा पनि ‘खुशी’ नै छ डिफेन्डिङ च्याम्पियन

भारत र काजकस्तानजस्ता अब्बल मानिएका टिमसमेत रहेकाले नेपालले नतिजामा चित्त बुझाएको छ। दुवै टिम फाइनलमा पुगेका छन्।

हारपछि प्रशिक्षक भन्छन्- हामी योद्धा हौँ, सजिलै त्याग गर्न हुँदैन

‘हामी भारतलाई हराउन चाहिँ सक्छौं जस्तो लाग्छ। अनि आज स्पाइकरले बल निकालिरहेको हो तर मैले नै खेलाउन नसकेको हो कि भन्ने पनि लागेको छ,’ नेपाली टिमकी कप्तान शाहीले भनिन्।

भलिबल च्यालेन्ज कप खेल्न नेपाल आइपुगे ६ टोली

काठमाडौं – भोलिबाट काठमाडौंमा सुरु हुने एभीसी सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप खेल्नको लागि ६ देशका टिम नेपाल आइपुगेका छन्। नेपालमा गएको शनिबार विहानदेखि आइतबार विहानसम्ममा छ टिम नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना