काठमाडौँ- संघीय संसद् अन्तर्गतका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पारित गरेकाछन्।
आइतवार दुवै सदनको बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार दुवै सदनको छुट्टाछुट्टै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।
नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल सुरु भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।


