पोखरा- पोखरामा बस दुर्घटनामा पर्दा २२ जना घाइते भएका छन्।
बुधबार ग १ ख ३८८६ नम्बरको बस पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको शान्तिस्तुपनजिकै दुर्घटनामा परेको हो।
वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाका अनुसार घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।


