काठमाडौँ- नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली संशोधन खारेज गर्न माग गरेको छ।
पूर्वअध्यक्ष तथा पूर्वमहासचिवहरू सम्मिलित मंगलबारको बैठकले निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दा छिटो टुंगो लगाउनसमेत माग गरेको हो।
काठमाडौँमा सम्पन्न १६औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनद्वारा पारित ‘काठमाडौं घोषणापत्र’ले न्याय परिषद् (पहिलो संशोधन) नियमावली, २०८० को नियम ११ मा गरेको संशोधन खारेज हुनुपर्ने निर्णय यथावत रहेकोले बारको अडानप्रति बैठकले ऐक्यबद्धता जाहेर गरेको छ।
वर्तमान कार्यसमितिले वैशाख ६ गतेदेखि कार्यभार ग्रहण गरे पश्चात् वैशाख ७ गते प्रधानन्यायाधीशसँग भेट गरेर उक्त विषयमा जानकारी समेत गराएको थियो।


