बुटवल- तीव्र गतिमा आएको हावाहुरीले ढालेको रुखले च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनवल-७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुन छन्।
इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतीक्षालयमा ओत लागेका थिए। प्रतिक्षालयमाथि नै रुख ढलेपछि उनीहरूको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।
रुखले च्यापेर तीन जना घाइते भएका छन्। घाइतेहरू नरमा परियार, दुर्गा खाम्चा र नाम नखुलेका एक जनालाई उपचारका लागि देवदह मेडिकल कलेज लगिएको छ।


