काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतमाथिको मुद्दालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन्।
शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा देउवाले राई र बस्नेतबारेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए।
सभापति देउवाले राजनीतिमा यस्तै हुने भन्दै आफूहरू पनि जेल बसेर आएको सांसदहरूलाई स्मरण गराएका थिए।
‘राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौं, थुनामा बसेर आएका हौं। यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन,’ बैठकमा सभापति देउवाले राखेको कुरालाई उद्धृत गर्दै घिमिरेले भने।


