२०८३ कार्तिक १२ गते बुधबार

दरवार हाइस्कुलमा विद्यार्थीको चाप, शनिबार पनि पठनपाठन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १३
durbar_high_school

काठमाडौँ- ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न थालिएको छ।

विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य कला, बिजुली जडान तथा मर्मत कार्यक्रमलाई छनोट गरिएको छ। उक्त कार्यक्रम शुक्रबार मात्रै गर्ने भनिए पनि समय अपुग भएपछि शनिबार पनि अतिरिक्त क्रियाकलाप अन्तर्गत शिक्षामा सीप कार्यक्रम पठनपाठन गरिएको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिए।

ऐतिहासिक धरोहर दरबार हाइस्कुललगायत महानगरका सबै सामुदायिक विद्यालयमा यही शैक्षिक सत्रदेखि माध्यमिक तह कक्षा ९ देखि १२ सम्म थालनी गरेको शिक्षामा सीप कार्यक्रम लागू गरेको छ। पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कामपाले गत वैशाख १२ गतेदेखि उक्त कार्यक्रम लागू गरेको हो।

विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने महानगरको उद्देश्य हो। उक्त कार्यक्रमअन्तर्गत ९० घन्टे कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला नङ कुँदेर बेलबुट्टा भर्ने काम, पाककलालगायत १० क्षेत्र निर्धारण गरिएका छन्।

त्यसैगरी, फेसन डिजाइन र कपडा सिकाइ, घरमा तार र बिजुली जडान वायरिङ एन्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ। अहिले महानगरमा ८९ सामुदायिक विद्यालय छन्। त्यसमा ५९ मावि र ३० प्राथमिक विद्यालय छन्। त्यसैगरी, पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्।

कामपाले यसै शैक्षिक सत्रदेखि बुक फ्री फ्राइडे कार्यक्रम पनि सुरु गरेको छ। उक्त कार्यक्रमअन्तर्गत शुक्रबार विद्यार्थीले किताब बोकेर विद्यालय जानुपर्ने छैन भने अतिरिक्त क्रियाकलाप गरेर घर फर्कन्छन्। बुक फ्री फ्राईडे कार्यक्रम कामपाको सबै सामुदायिक विद्यालयको सञ्चालन भइरहेको छ।

विद्यार्थीको चाप अत्यधिक
कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस ऐतिहासिक विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययममा पढाइ हुने हुँदा अहिले करिब ६ सय ५० विद्यार्थीले पठनपाठन गर्ने गरेका छन्। अघिल्लो वर्षसम्म पनि करिब पाँच सय विद्यार्थी यहाँ अध्ययन गर्थे। चालु शैक्षिक सत्रमा मात्र एक हजार पाँच सय विद्यार्थी भर्नाका लागि आएका थिए, स्थान अभावका कारण सबैलाई समावेश गर्न नसकिएको विद्यालयको भनाइ छ।

विद्यालयको भौतिक संरचनाका कारण आएका सबै विद्यार्थीलाई भर्ना गर्न सक्ने अवस्था रहेन भने एक हजार पाँच सय विद्यार्थीलाई त स्थान अभावको कारण फिर्ता पठाउन परेका विद्यालय परिवारले जनाएको छ। ‘कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन। विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म राखेर पढाइरेहका छौँ,’ प्रधानाध्यापक पौडेलले भने।

कक्षा ९ र ६ मा अत्यधिक विद्यार्थी रहेका छन। कक्षा ९ मा एक सयभन्दा बढी विद्यार्थी रहेका छन् जहाँ तीनवटा कक्षा विभाजन गरेर पठनपाठन भइरहेको छ। एसइई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने आशाले पनि पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरु भीड हुने गरेका छ। ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए। कुनै समय श्रमिकका छोराछोरीमात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी छ।

आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक र संस्कृत मावि सञ्चालित छन्। नौ रोपनी जमिनमा निर्माण गरिएको चारतले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन्। भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो। भूकम्पपछि उक्त स्कुल पुनर्निर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो। विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणसँगै सो विद्यालय भवन उद्घाटन गरेकी थिइन्।

प्रकाशित: २०८० जेठ १३ गते शनिवार ०५:२५
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना