२०८३ कार्तिक १५ गते शनिवार

अपांगता समावेशीकरणका लागि एनसेल र जीएसएमएबीच सहकार्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ५
ncell

काठमाडौँ– एनसेलले अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न जीएसएमएसँग साझेदारी गरेको छ।

यसरी अपाङ्गता भएका व्यक्तिहरूलाई डिजिटल समावेशीकरणका लागि जीएसएमएका सिद्धान्तमा हस्ताक्षर गर्ने आफू पहिलो नेपाली टेलिकम कम्पनी बनेको दाबी एनसेलले गरेको छ। यो सहकार्यसँगै एनसेलले मोबाइल प्रविधिलाई सबैका लागि पहुँच योग्य बनाउन प्रतिबद्धता जनाएको कम्पनीको भनाइ छ।

जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायकहरूको छाता संस्था हो, जसले डिजिटल समावेशीकरणका लागि निर्देशन र सहयोग प्रदान गर्दै आएको छ।

जीएसएमएले तय गरेका सिद्धान्तहरूमा हस्ताक्षर गर्दै एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच सुनिश्चित गर्ने आफ्नो योजनालाई थप स्पष्ट पारेको कम्पनीले जनाएको छ।

एनसेलले हाल “सधैं अन” योजना अन्तर्गत अपाङ्गता भएका प्रयोगकर्ताहरूलाई इन्टरनेट सेवामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्र र अपाङ्गता मैत्री कार्यालय संरचनाजस्ता सेवा सञ्चालन गर्दै आएको छ।

यसैगरी, कम्पनीले पारा खेलाडीहरूलाई सशक्त बनाउन विभिन्न सहकार्य पनि गरिरहेको छ।

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्टकी निर्देशक विशाखा लक्ष्मी खड्काले भनिन्, ‘हामी केवल कनेक्टिभिटी सेवा दिइरहेका छैनौं, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौं। कोही पनि डिजिटल यात्राबाट पछाडि नपरोस् भन्ने हाम्रो उद्देश्य हो।’

एनसेलले अब समावेशी सेवा र पहुँचयोग्य सुविधा डिजाइन गर्न तथा अपाङ्गता भएका समुदायसँग सहकार्य गर्दै उनीहरूको आवश्यकतालाई बुझ्न रणनीतिक रूपमा काम गर्ने जनाएको छ।

प्रकाशित: २०८२ जेठ ५ गते सोमबार १०:०५
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना