काठमाडौँ- नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन्।
सोमबार बिहान ८ बजेर ५६ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर आरोहण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आईजीपी दीपक थापाले उनलाई बधाई दिएका छन्।
उनी प्रहरीको साइबर ब्यूरोमा कार्यरत छिन्।
चैत २५ मा उनलाई आईजीपी थापाले लैंगिक हिंसा विरुद्धको नारासहितको व्यानर हस्तान्तरण गरेका थिए।


