२०८३ कार्तिक २६ गते बुधबार

ओलीले गभर्नर नियुक्ति प्रक्रिया अघि बढाएनन्, देउवा पुगे बालुवाटार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ६
oli_deuba

काठमाडौँ- प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्तको प्रक्रिया अघि नबढाएपछि देउवा बालुवाटार पुगका हुन्।

ओलीले गभर्नर नियुक्ति प्रक्रिया अघि नबढाएपछि कांग्रेसका नेताहरू असन्तुष्ट छन्। गभर्नर नियुक्तिका विषयमा ओलीले सोमवार बेलुका नै देउवालाई बोलाएका भएपनि उनी गएका थिएनन्।

देउवाले कांग्रेसको भागमा गभर्नर परिसकेको बताएपनि ‌ओली कांग्रेसबाट आएका व्यक्तिलाई गभर्नर बनाउन सहमत छैनन्। ओलीले योग्य व्यक्तिलाई मेरिटको आधारमा ल्याउने भन्दै हाल कार्यवाहक गभर्नर बनेकी डेपुटी गभर्नर निलम ढुंगानालाई गभर्नर बनाउन चाहन्छन्। यो विषय ओलीले सार्वजनिक रूपमा नै आफू मात्र सत्ता चलाउने नभएर कांग्रेससँग साझेदारी गर्नुपरेको र यस्तो बेला आफूले भनेर मात्र पनि गर्न नसकिएको गुनासो सार्वजनिक कार्यक्रममा नै गरेका थिए।

देउवाले भनेबमोजिम गभर्नर नियुक्त गर्न नचाहेपछि कांग्रेसका नेताहरू असन्तुष्ट छन्। गभर्नरकै कारण सत्ता गठबन्धनमा खटपट छ।

प्रधानमन्त्रीको सचिवालयको दाबीअनुसार प्रधानमन्त्री ओली र देउवाको भेटवार्ता नियमित हो। सोमबार साँझ भेट गर्ने तय भएपनि प्रधानमन्त्री ओली अस्वस्थ भएकाले मंगलवारका लागि बैठक सारिएको ओली सचिवालयको जिकिर छ। तर देउवाले भने गभर्नर नियुक्तिका विषयमा अब थप छलफल नहुने भन्दै सोमवार बेलुका बालुवाटार गएका थिएनन्।

चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। गभर्नरमा आफ्नै मान्छेलाई बाउने ओली र देउवाको अडानले प्रक्रिया लम्बिएको छ। मंगलवारको छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।

ओलीले आफू अस्वस्थ भएको भन्दै प्रतिनिधिसभा बैठक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम पनि नगर्ने भनी संसदमा सूचना पठाएपछि कार्यसूचीबाट हटाइएको छ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिको बैठक अझसम्म पनि बस्न सकेको छैन। सिफारिस समितिको बैठक नबसेको र आफूले भनेअनुसार काम अघि नबढाएको भन्दै देउवाले सोमवार ओलीसँग भेटका बालुवाटार जान इन्कार गरेका थिए।

प्रकाशित: २०८२ जेठ ६ गते मङ्गलबार १२:३०
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना