२०८३ कार्तिक २६ गते बुधबार

एसियाली देशमा फेरि बढ्न थाल्यो कोभिड संक्रमण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ६
Covid

काठमाडौँ- एसियाले देशमा फेरि कोभिड-१९ संक्रमण बढ्न थालेको छ। एसियाली देशहरू सिंगापुर, थाइल्यान्ड, चीन र भारतमा कोभिड संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्न थालेको हो।

हङकङमा कोरोना संक्रमित हुने दर ११.४ प्रतिशत पुगेको छ। मे ३ मा हङकङले ३१ जना संक्रमितहरू गम्भीर बनेको रिपोर्ट गरेको थियो। यो पछिल्लो एक वर्षयताकै सबैभन्दा उच्च भएको ब्लुमबर्गले उल्लेख गरेको छ।

सिङ्गापुरमा एक सातामै १४ हजारभन्दा बढी संक्रमित पुगेका छन्। संक्रमित भएर अस्पताल भर्ना हुनेको संख्यामा करिब ३० प्रतिशतले वृद्धि भएको छ। पछिल्लो समय एलएफ-७ र एनबी-१.८ भेरियन्टको संक्रमण बढ्न थालेको छ।

थाइल्यान्डमा एक सातामा नै संक्रमितहरुको संख्या ३३ हजारभन्दा बढी पुगेको छ। अघिल्लो साताको तुलनामा यो दोब्बर हो।

यो पटक ३० देखि ३९ वर्ष उमेर समूहमाका व्यक्ति बढी प्रभावित भएका छन्। फेरि कोभिड बढ्न सक्ने भन्दै थाई जनस्वास्थ्य अधिकारीहरूले उच्च जोखिम समूहका व्यक्तिहरूलाई बुस्टर खोप लगाउन आग्रह गरेका छन्।

चीनमाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार कोभिड संक्रमित हुने दर १६.२ प्रतिशत पुगेको बताएको छ। अचानक संक्रमितको दर वृद्धि भएपछि सतर्क रहन सेन्टरले अनुरोध गरेको छ।

भारतमा पनि कोभिडका केस बढ्न थालेका छन्। भारतको स्वास्थ्य मन्त्रालयले एसियाली देशमा बढेको कोभिड संक्रमणको दरलाई नजिकबाट नियालीरहेको उल्लेख गरेको छ। भारतमा हालै केरला, महाराष्ट्र र तमिलनाडुमा नयाँ केसहरूको संख्या बढ्न थालेको छ। केरलामा मे १२ यता सबैभन्दा बढी ६९ नयाँ संक्रमित भेटिएको रिपोर्ट गरिएको छन्। महाराष्ट्रमा मे १२ यता ४४ नयाँ संक्रमित रिपोर्ट भएका छन्। मुम्बईमा दुई जनाको मृत्यु भएको खबर आए पनि अस्पतालका अधिकारीहरूले उनीहरूको मृत्यु कोभिड-१९ का कारण नभई अन्य रोगका कारण भएको स्पष्ट पारेका छन्। तमिलनाडुमा मे १२ यता ३४ नयाँ संक्रमित भेटिएको रिपोर्ट गरिएको छ।

एसियामा कोभिड-१९ केसहरूको वृद्धिको पछाडि मुख्य कारण जेएन १ भेरियन्ट भएको बताइएको छ। यो ओमिक्रोन समूहको उप-समूहमा पर्ने भाइरस हो। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘चासोको भेरियन्ट’ भनेको छ तर ‘चिन्ताको भेरियन्ट’ भनिहाल्ने अवस्था नआएको उल्लेख गरेको छ। ओमिक्रोन भेरियन्ट जस्तै जेएन-१ भेरियन्टले गम्भीर बनाउन अवस्था नदेखिएको बताइएको छ।

प्रकाशित: २०८२ जेठ ६ गते मङ्गलबार ०४:०४
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना