मकवानपुर- मकवानपुरको हेटौंडामा जमिनमुनि दबिएर बेपत्ता अवस्थामा रहेको गाडीको पार्टपुर्जा फेला परेका छन्।
हेटौंडा उपमहानगरपालिका-१६ गैरीगाउँमा हेर्दाहेर्दै भासिएको गाडीका पार्टपुर्जा १९ दिनपछि फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार वैशाख १९ गते ना ४ च ४८३३ नं. को माछा बोक्ने गाडी अचानक जमिनमुनि भासिएको गाडीका केही भाग भेटिएको हो।
स्थानीय जनप्रतिनिधिहरूले पनि क्रेन र स्काभेटरको सहयोगमा गाडी खोजेका थिए।


