काठमाडौँ- ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खुला भएको छ। भूकम्पले भत्किएको दरबार पुनर्निर्माण गरी सर्वसाधारणका लागि खुला गरिएको हो।
हनुमानढोकामा मंगलबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नौतले दरबार खुला भएको घोषणा गरेका हुन्।
अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ का अवसरमा यो दरवार खुला गरिएको हो। ‘नौतले दरबार उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ,’ उनले भने, ‘भूकम्पले ढलाएका हाम्रा सम्पदा उठाउन सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु।’
कार्यक्रममा नेपालको पुरातात्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको मन्त्री पाण्डेले जानकारी दिए।


