काठमाडौँ- गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारले केहीबेर अघि मात्र छापा मारेको हो।
यसक्रममै उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो।
मंगलबार मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भट्टराई गृहमा पुगेका थिए।


