२०८३ कार्तिक २६ गते बुधबार

‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिव घरदैलोमा लागेपछि भद्र शर्माले दिए ‘पञ्चेबाजा’ सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ९
panchebaja
कुलिङ पिरियड हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई दबाब दिएर फर्कनेक्रममा मुख्यसचिव र संसदका महासचिवलगायत। तस्बिर: कान्तिपुर

काठमाडौँ- निजामती कर्मचारी विधेयकमा ‘कुलिङ पिरियड’ राख्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गरेको सर्वसम्मत निर्णय खारेज गराउनका लागि भीभीआईपीहरूलाई मनाउन सचिवहरूसँग दलबल बनाएर मुख्यसचिव एकनारायण अर्याल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेय नै घरदैलो अभियानमा जुटेका छन्। राज्य सञ्चालनको मुख्य भूमिकामा रहेको यो समूहले बिहीबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई भेटेर ‘कुलिङ पिरियड’ हटाउन दबाब दिएको हो।

मुख्यसचिव अर्याल, महासचिव पाण्डेयसहित सचिवहरू रामकुमार श्रेष्ठ, फणीन्द्र गौतम, गोविन्द कार्की, उदयराज सापकोटा, दीपकुमार खराल, कृष्णहरि पुष्कर, राधिका अर्याल, महादेव पन्थ, मधुसुदन बुर्लाकोटी, शोभाकान्त पौडेल, केदारनाथ शर्मा, सुदर्शन खड्काको समूह बिहीबार कार्यालय समयमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमै पुगेको कुलिङ पिरियड खारेज गर्न दबाब दिएको थियो।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरहादुर देउवा र राज्य व्यवस्थाका समितिका सभापति रामहरि खतिवडालाई भेटेरै विधेयकमा प्रस्तावित प्रबन्ध नहटाए ‘असहयोग’ गर्नेसम्मको धम्की दिएको विषय सार्वजनिक भएको छ।

सचिवहरूको टोली दिउँसो १ बजेर ६ मिनेटमा सभामुखको कार्यकक्षमा छिरेको थियो। त्यसपछि राष्ट्रिय सभा अध्यक्ष दाहाललाई भेट्न गयो। राष्ट्रिय सभा सचिवालय परिसरमा हिँड्दै गरेको तस्बिर र भिडियो पत्रकारले खिच्दा संसद्का महासचिव पाण्डेयले फाइलले मुख छोपेका थिए भने अन्य सचिव पनि लजाउँदै भित्र छिरेका थिए।

कर्मचारीतन्त्रको नेतृत्व गर्ने तथा संसद र सरकारका काममा सहयोग गर्ने मुख्य जिम्मेवारी बोकेका मुख्यसचिव, महासचिव र सचिवहरू दलबल बनाएर ट्रेड युनियनको नेता शैलीमा घरदैलो अभियानमा हिँडेपछि उनीहरुको कृत्यको आलोचना भइरहेको छ। कार्यालयको काम छाडी अवकाशपछिको चिन्ता बोकेर लबिइङमा उत्रिएपछि जागिरे जीवनभर सम्भ्रान्त शैली अपनाएका उच्च पदस्थहरूले रमिता प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिइरहेको छ।

मुख्यसचिवले कुलिङ पिरियडका विषयमा भीभीआईपीसँग पुगेर रोइलो गर्न थालेपछि पत्रकार भद्र उनको विगतको सम्झना गरेका छन्। गत वर्ष असोज १२ मा काठमाडौँसहितका क्षेत्रमा आएको बाढीका केला हालका मुख्यसचिव पाण्डेय गाउँमा स्वागत पञ्चेबाजा घन्काउँदै स्वागत ग्रहण गर्न मस्त थिए। त्यही कुरालाई शर्माले सम्झना गर्दै लेखेका छन्, ‘अवकाशपछि रित्तिएका गाउँमा फेरि एकपल्ट पञ्चेबाजा घन्काएर परिक्रमा गर्नुहोस्। बिर्सर्नु भएको छैन भने देश बाढीको बितण्डामा परेको बेला गृहनगरको स्वागतमा घन्किएका पञ्चेबाजासँगै हिड्नु भएको थियो नि! हो, त्यसैगरी गाउँमा कुल हुनुस्। बुढेसकालमा कति हट हुनू!’

मुख्यसचिवलाई भद्र शर्माका सुझाव:
मुख्य सचिव हुन् कि ट्रेड युनियनको नेता? जिन्दगीभर सरकारी जागिर खाएर पुगेन, रिटायर्ड भएकै भोलिपल्ट फेरि अर्को आकर्षक जागिर चाहियो भनेर यत्रो विधि घरदैलो नगरेको भए हुने। सचिव पदमा पुगेका अधिकांश तपाईँहरु चप्पल पड्काउँदै आउनु भएको हो, गाउँबाट। यो काठमाडौँ खाल्डोमा के के जोड्नु भयो? सम्पत्ति कति वैध कति अवैध तपाईँ आफैँलाई थाह छ।

शारीरिक रुपमा थकित, मानसिक रुपमा स्खलित तपाईँको जीर्ण शरीरलाई फेरि अर्को नियुक्तिका लागि तनाव नलिनुहोस्। पदमा रहँदा सित्तैमा आउने सुविधा तपाईँ आफूले त लिनुभयो नै, सरकारी सेवामा रहेका घरपरिवारका सदस्यदेखि नातासम्बन्धका सबैलाई पुर्‍याउनु भयो, एक कल फोनको भरमा।

पेन्सनले नपुगेर भोकले मर्ने नै अवस्था हो भने रिटायर्ड भएको भोलिपल्ट सिंहदरबारको दक्षिण गेट आसपासमा मकै पोल्ने, चिया बेच्ने, कफी शप चलाउनेदेखि गाउँमा गएर सुन्तलाखेती गर्नेसम्मका अनेक विकल्प बाँकी छन्, महोदय। नेपाली गाउँमा कृषिको प्रचूर संभावना छ। रित्तिएका गाउँमा फेरि एकपल्ट पञ्चेबाजा घन्काएर परिक्रमा गर्नुहोस्। बिर्सर्नु भएको छैन भने देश बाढीको बितण्डामा परेको बेला गृहनगरको स्वागतमा घन्किएका पञ्चेबाजासँगै हिड्नु भएको थियो नि! हो, त्यसैगरी गाउँमा कुल हुनुस्। बुढेसकालमा कति हट हुनू! त्यति गर्दा आम मानिसले कसरी जीविकोपार्जन गरिरहेका छन् भन्ने राम्रो अनुभव पनि हुन्छ।

जे गर्दा देश बन्छ भन्नुहुन्छ नि! अहिले जनताको करमा किनेको कुर्सीमा बसेर गाउँमा गएर त्यही गर्नुस्। छोराछोरी विदेशमा सेटल भइसकेका छन् भने पनि उतै हराउनुस्। तपाईँ नभएर देश डुब्नेवाला छैन। बरु, राम्रो नै हुन्छ तपाईजस्ता रिटायर्डको अनुपस्थितिमा पनि।

कुलिङ पिरियड हटाउन खोजे उद्योगसचिवबाट रिटायर्ड भएको भोलिपल्ट निजी व्यापारिक घरानाको नोकर हुन जाने परम्परा दोहोरिरहन्छ। आफैँले राज गरेको गैरसरकारी संस्थाको निमुखा कर्मचारी हुनुपर्छ। अवकाशपछि केही वर्ष जागिरको मेलोमेसो मिलाउने लोभमा सम्झौता गरेर अनुचित काम गर्ने लत लागिरहन्छ।

जीवन धान्न नै नसिकने भए गो फण्डमा क्राउड फन्डिङको पहल गरौँला, सचिव महोदय। क्राउड फण्ङिमा शून्य रकम जम्मा भएपनि प्राण धान्न पशुपतिका धर्मशाला छँदैछन्। कुलिङ पिरियड हटाउन यो लाजमर्दो देउसी बन्द गर्नुहोस्। गर्नेलाई भन्दा देख्ने हामीलाई लाज भैसक्यो।

प्रकाशित: २०८२ जेठ ९ गते शुक्रबार ०७:४३
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना