काठमाडौँ- २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी शक्तिको विरोध प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले १०८ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले झन्डै तीन महिना अनुसन्धान गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सुझाव दिएको हो।
प्रहरीले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको छ।
प्रहरीले प्रतिवेदन बुझाए पनि आइतवार मात्र सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराउने तयारी गरेको छ।


