काठमाडौँ- तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध ६ वटा कसुरमा मुद्दा चलाइएको छ।
कर्तव्य ज्यानसहितका ६ वटा कसुर अभियोजन गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।
दुर्गा प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा मुद्दा चलाउनुपर्ने अभियोगपत्रमा उल्लेख छ।
प्रसाईंसहित ६५ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोजन गरिएको हो। ११ जनालाई फरारलाई पनि प्रतिवादी बनाएर अभियोगपत्र दायर गरिएको छ।


