काठमाडौं- सेन्टर एसियामा दुई पटकको विजेता रहिसकेको नेपालले काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान प्राप्त गरेको छ। शुक्रबार काजकस्तानसँग हार व्यहोरेपछि नेपालले तेस्रो स्थानको लागि उज्जवेकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो।
सो खेलमा नेपालले ३–१ को जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो। आजको खेलमा नेपालले पहिलो सेटमा नै हार बेहोरेको थियो।
सुरुबाटै लगातार गल्ती गरेपछि नेपालले २५–२० को हार बेहोरेको थियो। तर त्यसपछिका तीन खेलमा जित निकाल्दै नेपालले तेस्रो स्थान पाएको होे। नेपालले दोस्रो सेट १६–२५, १६ –२५ र १३ –२५ को जित निकालेको हो।
प्रतियोगिताको फाइनल खेलमा आजै भारतले काजकस्तानको सामना गर्दैछ।


