काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार नारायणहिटी दरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।
केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र तोकिएको छ।
यस्तै दरवारमार्ग महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।


